शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा 



ताप्लेजुङ । शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा चयन हुनु भएको छ । आज भएको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा नौं कार्यसमिति चयन भएको हो । 

जसमा उपाध्यक्षमा पासाङ ल्हामु शेर्पा चयन हुनुभएको छ । यस्तै सचिवमा  तेन्जिङ  (शंकर) शेर्पा चयन हुनुभएको छ भने कोषाध्यक्षमा दा खाङडु शेर्पा चयन हुनु भएको छ । सदस्यहरूमा दावा नावा शेर्पा, पासाङ लन्डुप शेर्पा, पेम्बा शेर्पा, मिङ्मा लाकी शेर्पा र ल्हाजुङ्मा शेर्पा चयन भएका छन् । 

 आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता, सञ्चार क्षेत्रलाई व्यवसायिकरण गर्ने हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल शेर्पा सङ्घ कोशी प्रदेश कार्य समिति सदस्य मिङ्मा खाङडु (सर्मिला) को उपस्थिति रहेको थियो । 

 विशिष्ट अतिथिको रुपमा नेपाल शेर्पा सङ्घ जिल्ला कार्य समिति अध्यक्ष पासाङ रिता शेर्पा, जिल्ला संस्थापक अध्यक्ष मात्रिका शेर्पा, र उद्योग वाणिज्य महासङ्घ जिल्ला कार्य समिति वरिष्ठ उपाध्यक्ष दावा शेर्पाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १९:१७

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका