लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन




रेडियो काबेली
ताप्लेजुङ । जिल्लामा हरेक वर्ष सञ्चालन हुने लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ । समितिको मंगलबार भएको १६ औँ साधारण सभाले मादेनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको होे । समितिको उपाध्यक्षद्वयमा असोक थेबे र हर्कराज सुनुवार, सचिबमा नेपाली, सह–सचिबमा डिल्ली गुरुङ र कोषाध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पूर्ण गुरुङ, लाक्पा शेर्पा, जीत थेबे, सन्तोष गुरुङ, दिपेश खवास, जीवन इवाराम, गीता पालुङ्वा, उत्सब साँबा र कमल लेछर्बाे चयन हुनुभएको छ ।

यसअघि समितिको अध्यक्षमा देबराज गुरुङ रहनुभएको थियो । यस समितिले जिल्ला कै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप सञ्चालन गर्दै आएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ बर्ष रहने समितिको विधानमा उल्लेख छ ।

प्रकाशित मिति : 9:24 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर