काबेलीको बेलिब्रिज सुकेपानीमा सारिँदै



ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा गत वर्ष पक्की पुल सञ्चालनमा आएपछि यहाँको बेलिब्रिज फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी भएको हो ।

उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्रीय कार्यालयसँग अनुमति लिने काम भएको विष्टले बताए ।

यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगीनमा पुल बनाएपछि चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म बर्खामा पनि यातायात संचालन गर्न सकिने दाबी कार्यालयको छ । काबेलीको बेलिब्रिज २०५६ सालमा बनेको हो ।

तत्कालीन यातायात मन्त्री बलबहादुर राईले २०५३ सालमा शिलान्यास गरेको यो बेलिब्रिजको २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।
कान्तिपुर

प्रकाशित मिति : 7:16 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य