ताप्लेजुङमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । १४ वर्षीय नाबालिकालाई पटक–पटक करणी गरेको अभियोगमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल किनिदिएर बालिकालाई पटक–पटक करणी गरेको जाहेरीको आधारमा पुरुषलाई नियन्त्रणमा लिइ अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवकले बालिकालाई पुष २ गते र ४ गते रातको समयमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख  छ । जाहेरीका आधारमा युवकलाई खोजी गर्ने क्रममा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९३० बमोजिम अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानलाई जारी राखिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : 6:25 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ