रेडियोमा लिम्बू समाचार वाचन गर्ने ताप्लेजुङका पत्रकार सम्मानित



ताप्लेजुङ । ताप्लेजुुङका रेडियोहरूमा लिम्बू समाचार वाचन गर्ने पत्रकार सम्मानित भएका छन् । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बू भाषामा समाचार वाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पूर्व पत्रकार साथै हाल कार्यरत पत्रकार सम्मानित भएका हुन् । 

चासोक तङनामको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रेडियो तमोर १०२ मेगाहर्जमा कार्यरत समाचार बाचकद्वय गंगा लिङखिम लिम्बू, मनु माबो लिम्बूलाई सम्मान गरिएको चुम्लुङका अध्यक्ष ईन्दिरा मेन्याङबो लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार रेडियो ताप्लेजुङ ९४ मेगाहर्जमा कार्यरत माला पालुङवा लिम्बू, रेडियो काबेली ९५ दशमलब ८ मेगाहर्जमा कार्यरत साहारा लङ्वा लिम्बू र पवित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ । चुम्लुङका कार्यवाहक सचिव सरोज कङ्लिबा लिम्बूका अनुसार रेडियोमा लिम्बू समाचार वाचन गर्ने पूर्व पत्रकारहरू अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बू, धनराशि लिम्बू, राधा मास्वा लिम्बू, रोमा माबो लिम्बू, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्बो लिम्बू (चरपे), मनु मेन्याङबो लिम्बू लगायतलाई सम्मान गरिएको छ ।

लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै आइरहेको संस्था कियाचुले समाचार तथा कार्यक्रमको माध्यमबाट मातृभाषालाई संरक्षण गर्न टेवा पु¥याउने पुर्व पत्रकार तथा हाल कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको अध्यक्ष मेन्याङबोको भनाई छ । 

चासोक तङनाम पर्वको अवसरमा फुङलिङस्थित तोक्मेडाँडाको हाटबजारमा कियाचुले शुभकामना आदान–प्रदान, न्वागी पुजा, याःलाङ (धान–नाच), केःलाङ (च्याबु्रङ–नाच) को आयोजना गर्दै सम्मान गरेको हो । जिल्लामा सञ्चालित तीनैओटा रेडियोहरूमा दैनिक बिहान र बेलुका लिम्बू भाषाका समाचार प्रसारण भईरहेका छन् । जसले लिम्बू समुदायमा मातृभाषा संरक्षणका लागि अत्यन्तै धेरै महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको कियाचुले जनाएको छ ।

प्रकाशित मिति : 10:02 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो