रेडियोमा लिम्बू समाचार वाचन गर्ने ताप्लेजुङका पत्रकार सम्मानित



ताप्लेजुङ । ताप्लेजुुङका रेडियोहरूमा लिम्बू समाचार वाचन गर्ने पत्रकार सम्मानित भएका छन् । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बू भाषामा समाचार वाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पूर्व पत्रकार साथै हाल कार्यरत पत्रकार सम्मानित भएका हुन् । 

चासोक तङनामको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रेडियो तमोर १०२ मेगाहर्जमा कार्यरत समाचार बाचकद्वय गंगा लिङखिम लिम्बू, मनु माबो लिम्बूलाई सम्मान गरिएको चुम्लुङका अध्यक्ष ईन्दिरा मेन्याङबो लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार रेडियो ताप्लेजुङ ९४ मेगाहर्जमा कार्यरत माला पालुङवा लिम्बू, रेडियो काबेली ९५ दशमलब ८ मेगाहर्जमा कार्यरत साहारा लङ्वा लिम्बू र पवित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ । चुम्लुङका कार्यवाहक सचिव सरोज कङ्लिबा लिम्बूका अनुसार रेडियोमा लिम्बू समाचार वाचन गर्ने पूर्व पत्रकारहरू अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बू, धनराशि लिम्बू, राधा मास्वा लिम्बू, रोमा माबो लिम्बू, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्बो लिम्बू (चरपे), मनु मेन्याङबो लिम्बू लगायतलाई सम्मान गरिएको छ ।

लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै आइरहेको संस्था कियाचुले समाचार तथा कार्यक्रमको माध्यमबाट मातृभाषालाई संरक्षण गर्न टेवा पु¥याउने पुर्व पत्रकार तथा हाल कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको अध्यक्ष मेन्याङबोको भनाई छ । 

चासोक तङनाम पर्वको अवसरमा फुङलिङस्थित तोक्मेडाँडाको हाटबजारमा कियाचुले शुभकामना आदान–प्रदान, न्वागी पुजा, याःलाङ (धान–नाच), केःलाङ (च्याबु्रङ–नाच) को आयोजना गर्दै सम्मान गरेको हो । जिल्लामा सञ्चालित तीनैओटा रेडियोहरूमा दैनिक बिहान र बेलुका लिम्बू भाषाका समाचार प्रसारण भईरहेका छन् । जसले लिम्बू समुदायमा मातृभाषा संरक्षणका लागि अत्यन्तै धेरै महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको कियाचुले जनाएको छ ।

प्रकाशित मिति : 10:02 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको