फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको अध्यक्षमा काजीमान पालुङ्वा



ताप्लेजुङ ।  फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनु भएको छ । शनिबार ताप्लेजुङको फुङलिङमा सम्पन्न भएको दोश्रो राष्ट्रिय महाधिवेशनबाट पालुङ्वा सर्वसम्मत अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । 

प्रतिष्ठानको उपाध्यक्षमा शुक्रराज फुरुम्बो, महिला उपाध्यक्ष कमला पालुङ्वा, सचिव मान बहादुर पालुङ्वा, सहसचिव हर्कराज पालुङ्वा र कोषाध्यक्षमा नारायणी पालुङ्वा निर्विरोध चयन हुनु भएको छ । 

त्यस्तै सदस्यहरूमा बुद्धिमान पालुङ्वा, नबिन फुरुम्बो, ईन्द्रहाङ पालुङ्वा, चन्द्रलाल फुरुम्बो, दिलमाया पालुङ्वा (चेम्जोङ), कैलाश पालुङ्वा, सम्भुराज पालुङ्वा, बिजय पालुङ्वा र दिल बहादुर पालुङ्वा चयन हुनु भएको छ । 

प्रतिष्ठानले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । संयोजकमा गम बहादुर फुरुम्बो रहनु भएको छ । त्यस्तै पुर्ण बहादर पालुङ्वा, पदम सुन्दर पालुङ्वा, प्रविण पालुङवा र सञ्जुहाङ पालुङ्वा सल्लाहकार समितिको सदस्य रहने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले महाधिवेशनकै अवसरमा फुरुम्वो–पालुङ्वा समुदायका ज्येष्ठ नागरिकलाई सम्मान पत्रका साथमा दोसल्लाले सम्मान गरेको छ । यस्तै आजीवन सदस्य, वंश भित्र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई समेत प्रशंसा–पत्र मार्फत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्राकृतिक बिपदमा परेका आफ्ना वंश भित्रका परिवारहरूलाई बिभिन्न किसिमका सहयोग गर्नुका साथै वंशावली निर्माण, अग्रज पुस्ताको विवरणको खोज तथा अनुसन्धान लगायतका गतिविधिहरू गर्दै आइरहेको छ । महाधिवेशनमा ताप्लेजुङ सहित पाँचथर, झापा, मोरङ लगायतका क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित