कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप : तेह्रथुमलाई पछि पार्दै धरान फाइनलमा 



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । धरान सुनसरीको गोधूली फुटबल क्लब कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कपको फाइनमा प्रवेश गरेको छ । ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कपमा सम्दु फुटबल क्लब तेह्रथुमलाई पछि पर्दै फाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो सेमिफाइनल खेलमा धरानले तेह्रथुमलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय सम्ममा ४-४ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । यो सँगै धरानको गोधूलीले अब फाइनल खेल भोलि हुने इलामको रेड डेभिल्स मजोमाई र झापाको न्यु स्टार बिचको विजेता सँग खेल्ले छ । 

तेह्रथुमले उद्‌घाटन खेलमा आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबलाई ट्राइबेकरमा १०-९ र सुनसरीले भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए । 

यस्तै इलामले मोरङको डाँगीहाट फुटबल क्लबलाई ४-२ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । हिजो सम्पन्न क्वाटर फाइनलको अन्तिम खेलमा झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २-१ गोलले स्तब्ध पार्दै इलामसँगको भेट पक्का गरेको छ । 

मंसिर २२ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : 5:28 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ