कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज सेमिफाइनलको पहिलो खेल, सम्दु र गोधूली भिड्दै



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । हिजो क्वाटरफाइनका खेल समापन भए सँगै आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुने भएको हो ।

आजको पहिलो सेमिफाइनल खेलमा तेह्रथुम र सुनसरीबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल प्रवेशका लागि तेह्रथुमको सम्दु फुटबल क्लब र सुनसरीको गोधूली फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । तेह्रथुमले उद्‌घाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई ट्राईबेकरमा १०–९ र सुनसरीले भारतको कञ्चनजंघा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

यस्तै भोलि हुने सेमिफाइनलको दोश्रो खेलमा इलाम र झापा खेल्दै छन् । उपाधि नजिक पुग्नको लागि इलामको रेड डेभिल्स मजोमाई र झापाको न्यु स्टार क्लबबीच आमनेसामने हुँदैछ । क्वार्टरफाईनलमा इलामले मोरङको डाँगीहाट फुटबल क्लबलाई ४–२ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । हिजो सम्पन्न क्वाटर फाइनलको अन्तिम खेलमा झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २–१ गोलले स्तब्ध पार्दै इलामसँगको भेट पक्का गरेको छ । 

मंसिर २२ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : 6:15 am

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई