मैवाखोलामा फोहोर ब्यबस्थापनका लागि ट्याक्टर खरिद




ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले फोहोर ब्यबस्थापनका लागि ट्याक्टर खरिद गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको साँघु बजार क्षेत्रबाट निस्किने फोहोरको उचित ब्यबस्थापनका लागि ट्याक्टर खरिद गरेको हो । ट्याक्टर खरिद पछि फोहोर तालिका बनाई नियमित रुपमा फोहोरको संकलन तथा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

उहाँका अनुसार संकलित फोहोरलाई ४ नंं वडामा पालिकाले निर्माण गरेको लेनफिल्ड साईडमा ब्यबस्थापन गरिने छ । फोहोर संकलनको समय बाहेक उक्त ट्याक्टर स्थानीय ग्रामीण भेगका सडकहरु मर्मतका लागि प्रयोग गरिनेछ । यस अघि स्थानीय बजार क्षेत्रका व्यवसायीहरुसँग भएको सहमति अनुसार अब फोहोर जताततै फाल्न र वायु प्रदुषण हुने गरी पोल्न र जलाउन नपाईने पालिका अध्यक्ष वनेमको भनाई रहेको छ ।

प्रकाशित मिति : 9:06 pm

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा