लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नगरसफाई




रेडियो काबेली
ताप्लेजुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधबार नगरसफाई गरिएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा जिल्लाको सदरमुकाम समेत रहेको फुङलिङ बजारस्थित शनिबारे हाट, तोक्मेबजार र बसपार्क क्षेत्र सरसफाई गरिएको हो । नगर क्षेत्रलाई सुन्दर र सफा बनाउने उद्धेश्यले सरसफाई कार्यक्रम गरिएको नगर उप–प्रमुख भिमादेवी ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एव प्रहरी नायब उपरिक्षक रवि रावल सहित नेपाल प्रहरीको टोली, शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मका गुल्मपति नेरश महर्जन सहित शशस्त्र प्रहरीको टोली र स्थानीयको सहभागिता रहेको थियो ।

हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म अन्तराष्ट्रिय रुपमा मनाईने यो अभियान यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईदैँछ । यस अभियान अन्तरगत फुङलिङ नगरपालिकाले जनचेतनामुलक नाटक, अन्तरक्रिया, होर्डिङ बोर्ड, फलफुल वितरण, वक्तृत्वकला कार्यक्रम लगायत गर्ने जनाएको छ ।

प्रकाशित मिति : 9:28 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै