कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको उद्धघाटन खेलमा आयोजक र तेह्रथुम भिड्दै



ताप्लेजुङ । दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप २०८१ को खेल तालिका सार्वजनिक भएको छ । आगामी मंसिर १५ गतेदेखि २२ गतेसम्म भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

उद्धघाटन खेलमा कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ र सम्दु फुटबल क्लब तेह्रथुमबीच प्रतिष्पर्धा हुने छ । क्वाटर फाईनलको दोश्रो दिन डाँगीहाट फुटबल क्लब बेलबारी, मोरङ र रेड डेभिल्स माईजागेमाई ईलाम आमनेसामने हुँदैछन् । यो दुई टीमबीचको खेलमा मंसिर १६ गते हुनेछ ।

तालिका अनुसार मंसिर १७ गते हुने तेश्रो क्वाटरफाईनलको खेलमा गोधुली फुटबल क्लब धरान, सुनसरी र कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारत मैदान उत्रने छन् । त्यस्तै अन्तिम क्वाटर फाईनलका खेलमा न्यु स्टार क्लब बिर्तामोड, झापा र फिदिम स्पोर्टिङ क्लब फिदिम, पाँचथरबीच भिडन्त हुँदैछ ।

चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब र ङावोरक सङजुम्भो फुङलेङ र चासोक तङनाम सञ्चालन समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताका सेमिफाईनलको खेल मंसिर १९ र २० गते हुने तालिकामा उल्लेख छ । फाईनल खेल मंसिर २२ गते हुनेछ । हरेक खेल दिनको १ बजेबाट सुरु गरिने समय तय भएको छ ।

प्रतियोगिताको बिजेताले ३ लाख २ हजार ८१ रुपैयाँ र उपबिजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विभिन्न बिधातर्फ उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति : 6:59 am

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै