साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा




रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ ओैं वार्षिकोत्सव कार्यक्रम अन्तरगत भईरहेको १६ वर्ष मुनिको फुटबल प्रतियोगितमा सेमिफाईनल चरणका खेलहरु पुरा भएको छ । विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाका अनुसार शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा पाथीभरा क्यु लर्निङ विद्यालय हाङदेवा र आयोजक श्री साङक देछ्योलिङ गोन्पा विद्यालय बिच भएको थियो ।

निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेल ट्राईबेकरतर्फ धकेलिएको थियो । ट्राईबेकरमा पाथीभरा क्यु लर्निङलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक गोन्पा विद्यालय फाईनलमा पुगेको छ । त्यस्तै शुक्रबारनै भएको दोस्रो खेलमा मयाम मावि र बिरेन्द्र मावि बिच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा मयाम माविलाई १–० गोल अन्तरले पराजित गर्दै बिरेन्द्र मावि देवलिङ्गे फाईलनमा पुगेको छ । शनिबार श्री साङक देछ्योलिङ गोन्पा विद्यालय र बिरेन्द्र मावि देवलिङ्गे बिच फाईनल खेल दिउँसो २ बजे हुने विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार साथै उपविजेता हुने टिमले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 9:54 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ