अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्न मैवाखोलामा साझा संस्था निर्माण




रेडियो काबेली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्न पालिकास्तरीय साझा संस्था (ओपिडी) निर्माण भएको छ । आईतबार निर्माण भएको उक्त साझा संस्थाले देउ कुमार लिम्बुको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती निर्माण गरेको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

समितीको उपाध्यक्षमा प्रमिला शेर्पा, सचिबमा डोलेश्वर निरौला, कोषाध्यक्षमा स्मिता लिम्बु, सह–सचिवमा अमर बहादुर तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यमा टेकबहादुर विश्वकर्मा, सान्जिता कार्कीडोली, पेम्बा शेर्पा र भानुभक्त गौतम चयन हुनुभएको छ ।


पालिका अध्यक्ष वनेमका अनुसार उक्त समितिले विधान तयार गर्ने, विधान पारित गर्ने, संस्था दर्ता गर्ने र साधारण सभा बोलाउनेछ । साथै मैवाखोलामा अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान र विश्लेषणको लागि आगामी मङ्सिर १२ देखि प्रत्येक वडाहरूमा चिकित्सकहरुको टोलीसहित सो सम्बन्धी शिविर सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : 9:03 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ