कार्तिकमा ६१ हजार बढीले पाथीभराको दर्शन गरे




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको प्रसिद्ध धार्मिकस्थल पाथीभराको कार्तिक महिनामा ६१ हजार बढी दर्शनार्थीले दर्शन गर्न गरेका छन् । पाथीभरा क्षेत्र विकास समितीले दिएको जानकारी अनुसार कार्तिक महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थीले दर्शन गरेका हुन् । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो । तर मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लागेको पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।


३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 11:41 am

विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण

सौगात विष्टताप्लेजुङ, कात्तिक १७ गते । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी