पाथीभरामा बृहत सरसफाई, एक हजार किलो फोहोर संकलन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) को शनिबार बृहत सरसफाई गरिएको छ ।पाथीभरा क्षेत्र विकास समितीको आयोजनामा “पवित्र पाथीभरा सफा र हराभरा–हाम्रो जिम्मेवारी हाम्रो आस्था” भन्ने मुल नाराका साथ भएको सरसफाई कार्यक्रममा १ हजार किलो फोहोर संकलन भएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जनाकारी दिनुभयो ।

उहाँका अनुसार निरन्तर सफाई बाहेक बृहत सरसफाई कार्यक्रम निकै लामो समय देखि नभएको र पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा भएको फोहारलाई सरसफाई गरि पाथीभराको स्वच्छतालाई कायम राख्न उक्त कार्यक्रम गरिएको हो । विशेषगरि प्लास्टिकजन्य फोहोर, सिसा र फलामजन्य फोहोरलाई संकलन गरि उचित तरिकाले व्यवस्थापन गरिएको छ ।
बृहत सरसफाई कार्यक्रममा पाथीभरा क्षेत्र विकासका कर्मचारी सहित प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेल, दुर्गादल गुल्मका गुल्मपति ब्रिकम खड्का सहितको नेपाली सेनाको टोली, शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका प्रहरी नायब उपरिक्षक नरेश मर्हजन सहितको शशस्त्र प्रहरीको टोलीको सहभागिता रहेको थियो ।


त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी निरिक्षक विवेक बस्नेत सहितको नेपाल प्रहरीको टोली, कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका प्रमुख गणेश पोख्रेल सहित स्थानीय र पत्रकारहरुको सहभागिता रहेको थियो । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

कार्तिक महिनामा मात्रै ६१ हजार १ सय ७३ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ ।
मन्दिरको स्वच्छता कायम राख्नको लागि तीर्थयात्री स्वयमले पनि आफुले बनाएको फोहोरलाई उचित तरिकाले व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको सरसफाई कार्यक्रममा सहभागिहरुको निष्कर्ष रहेको थियो ।

प्रकाशित मिति : 8:47 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश