सिकैँचा उपनिर्वाचनः नेकपा माओवादी केन्द्रको उम्मेदवारमा अम्बि साउदेन




रेडियो काबेली
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)ले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि अम्बि साउदेनलाई उम्मेदवार बनाउने भएको छ । कार्यबहाक वडा अध्यक्ष समते रहनु भएका साउदेनलाई वडा सदस्य पदबाट राजिनामा गराई उम्मेदवार बनाउने निर्णय भएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)ले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ माओवादीको सिकैचा वडा समित अध्यक्ष पनि उहाँ नै हो । निकै लामो समय अघिबाट वडा कार्यबहाक अध्यक्ष भएर सम्हालि रहनु भएको छ । युवा पनि हुनुहुन्छ । त्यहि भएर उहाँलाई उम्मेदवार बनाउन वडा समितीबाट आएको सर्वसम्मत निर्णयलार्य पार्टीको जिल्ला समन्वय समितीको सचिवालय स्तरको बैठकले अनुमोदन गरि निर्णय गरि प्रदेश समितिमा सोमबार पठाईएको छ । ”

यता समग्र वडा र जनताको सेवा गर्न वडा अध्यक्षको लागि उम्मेदवार बन्ने निर्णय लिएको साउदेनको भनाई रहेको छ । उहाँले भन्नुभयो,“समाजसेवा गर्नको लागि ठुलो पद नै चाहिन्छ भन्ने हुँदैन तर समाजमा परिर्वतन ल्याउ भन्ने कुरामा नीति नियमका कुरा र जिम्मेवारीको हिसाबले पनि कतिपय काम गर्ने सिलसिलामा पदले फरक पार्ने रहेछ त्यहिभएर वडा सदस्य पद राजिनामा दिएर वडा अध्यक्षको लागि उम्मेदवार बन्ने निर्णय लिएको हुँ । बाँकी जनताको हातमा छ ।”

वडाध्यक्ष दिलप्रसाद बोखिम बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा उपस्थित नभएपछि र हङकङबाटै वडाध्यक्ष बोखिमले २०८१ साल असोज १८ गते राजीनामा पत्र पठाएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन गर्न लागेको हो । यसैबिच जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उपनिर्वाचनमा १ हजार ५ सय २८ जना मतदाता हुने भएको छन् । निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी कूल १ हजार ५ सय २८ जना मतदाता हुने भएका हुन् ।

प्रकाशित मिति : 9:21 am

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ