अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप मंसिर २३ गते देखि हुने




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप हुने भएको छ । शुक्रबार पक्रकार सम्मेलन गर्दै आयोजक तेल्लोक स्पोर्टिङ क्लबले मंसिर २३ देखि २९ गते सम्म गाउँपालिकाको वडा नं. ४ तेल्लोकमा गोल्डकप हुने जनाएको हो । किराँत लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप सहित सिरिजङ्गा मेला गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

२०७८ सालबाट आमन्त्रण सिरिजङ्गा गोल्डकप हुँदै आएको गोल्डकप चौथो संस्करणमा यसपटकको प्रतियोगिताबाट अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुन लागेको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा नेपालका ७ सहित भारतको एक टिमको सहभागिता रहने छ । गोल्डकपमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सहित भारत सिलिगुढीको पारिजात संघ फुटबल क्लव, पाँचथरको वाइवाई पाँचथर फुटबल क्लव, धनकुटाको साँगुरीगढी फुटबल क्लब, मोरङको सिरिजङ्गा स्पोर्टिङ क्लव, झापाको न्यू स्टार फुटबल क्लबले सहभागिता जनाउनेछन् । त्यस्तै सुनसरीको मरिक फुटबल क्लव र उदयपुरको बद्ररहुड फुटबल क्लवले पनि गोल्डकपमा भाग लिनेछन् ।

गोल्डकपको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल्डकपमा बिधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ । यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

सहभागी टिममध्ये सबैभन्दा अनुशासित र मर्यादित खेल खेल्ने एकटिम तथा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट प्रशिक्षकलाई समेत समापनको दिन सम्मान गरिने आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम, विभिन्न भाषा तथा संस्कृतिमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । कार्यक्रमको अनुमानित लागत ३० लाख रुपैँया रहेको क्लबका अध्यक्ष भट्टराईले बताउनुभयो । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ ।

प्रकाशित मिति : 6:54 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ