बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरका एक युवक पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षे बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले पाँचथरका २८ वर्षीय राकेश हेम्बेवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार पिडित बालिकालाई आरोपीतले २०८० साल माघ १८ गते डर त्रास र धाक धम्की दिई बालत्कार गरेर फरार रहेको आरोपमा पीडित पक्षले ०८१ कार्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कार्तिक १२ गते गिरफ्तार गरिएको प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनु भयो । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ बमोजिम अनुसन्धान भई रहको प्रहरी निरीक्षक बस्नतेको भनाई छ ।

प्रकाशित मिति : 2:31 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था