बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरका एक युवक पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षे बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले पाँचथरका २८ वर्षीय राकेश हेम्बेवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार पिडित बालिकालाई आरोपीतले २०८० साल माघ १८ गते डर त्रास र धाक धम्की दिई बालत्कार गरेर फरार रहेको आरोपमा पीडित पक्षले ०८१ कार्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कार्तिक १२ गते गिरफ्तार गरिएको प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनु भयो । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ बमोजिम अनुसन्धान भई रहको प्रहरी निरीक्षक बस्नतेको भनाई छ ।

प्रकाशित मिति : 2:31 pm

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक