मंगलबार एकैदिन ६ हजार बढीे दर्शनार्थी पुगे पाथीभरा मन्दिर




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको दर्शन गर्न दर्शनार्थीको घुँईचो लाग्न थालेको छ । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो ।
हाल मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लाग्न थालेको हो । मंलबार एकैदिन ६ हजार बढीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । समितीका अनुसार मंगलबार ६ हजार ५ सय १२ जनाले मन्दिरको दर्शन गरेका हुन् ।
यस अघि गत शनिबार एकै दिन ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका थिए । दर्शनार्थीको संख्या बढेपनि दर्शन गर्ने कुरालाई सहज बनाईएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 8:29 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान