रास्वपा ताप्लेजुङद्धारा पार्टी सभापति लामिछानेको रिहाई माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश




रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सम्पर्क कार्यालय ताप्लेजुङले पार्टी सभापति एवं पुर्व गृहमन्त्रि रवि लामिछाने पक्राउको बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय पुगेर पार्टीका जिल्ला संयोजक दावा शेर्पा नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्कामार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।

जिल्ला सहसंयोजक शेर्पाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा राजिनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग सहित विभिन्न ७ वटा माग राखिएको छ । सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
हेर्नुस ज्ञापनपत्रः

प्रकाशित मिति : 8:31 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान