आठराई सचेत नागरिक समाजद्धारा सन्देशमुलक अभियान सुरु




रेडियो काबेली
ताप्लेजुङ । वातावरण संरक्षण गर्दै गाउँघरलाई स्वच्छ र सफा राख्न आठराई सचेत नागरिक समाजले सन्देशमुलक अभियान सुरु गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिकामा रहेको आठराई सचेत नागरिक समाजले शुक्रबार पालिकाको वडा नं. ४ ईवामा वडा कार्यालय, स्वास्थ्य कार्यालय र बजार क्षेत्रका प्लास्टिकजन्य फोहोरको व्यवसथापन गर्दै उक्त अभियानको सुरुवात गरेको हो । कार्यक्रममा इवाका विभिन्न ठाउँहरूमा तीन वटा डस्टबिन राखिएको छ भनेकार्यक्रममा ५० भन्दा बढी युवाहरुको उपस्थिती रहेको थियो ।

समाजका उपाध्यक्ष अमर बिशुङ्खेले पालिका क्षेत्रभित्रका सबै वडामा यस्तै अभियान चलाउने योजना रहेको बताउनुभयो ।
युवा नेता सुशील कन्सङवाले अभियानले गाउँपालिकाको विकास र समाज सुधारतर्फको उदाहरणीय कदमको रूपमा व्याख्या गर्दै देशभरिका युवाहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

असोज १८ गते जिल्ला प्रशासन कार्यालय तेह्रथुममा दर्ता भएको यो संस्था भ्रष्टाचार, अनियमितता, र सामाजिक बिसङ्गतिहरू विरुद्ध खबरदारी गर्ने उद्देश्यले गठन भएको संस्थाका अध्यक्ष तेजबहादुर इङ्नामले बताउनुभयो । साथै उहाँले उक्त संस्थालाई मुनाफारहित, गैर–राजनीतिक र समाजसेवामा समर्पित संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अभियानले युवा शक्तिलाई एकताबद्ध गर्दै, आठराई गाउँपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी, र स्वच्छ बनाउन मद्दत पु¥याउने साथै यो प्रयासले देशभरिका युवाहरूलाई समाजको सुधार र समृद्धितर्फ लाग्न प्रेरित गर्ने समाजको विश्वास रहेको छ ।

प्रकाशित मिति : 10:27 am

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै