नवरात्रको समयमा सुनसान बन्यो पाथीभरा




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा( मुकुम्लुङ) दर्शन गर्ने मुख्य सिजनको रुपमा नवरात्रलाई लिईन्छ । हरेक वर्ष यो समयमा पाथीभरामा दर्शन गर्ने दर्शनार्थीहरुको घुँईचो समेत लाग्ने गर्दछ । विगतका वर्ष बाटोभरी दर्शनार्थीहरुले भरिभराउ हुन्थ्यो भने होटल समेत उक्तिकै भरिएका हुन्थे । तर यो वर्ष भने न पाथीरभामा दर्शनार्थीको घुँईचो छ न बाटोमा नै दर्शनार्थी भेटिन्छन् । छिट फुट बाहेक यो वर्ष पाथीभराको दर्शन गर्ने दर्शनार्थी न्युन रहेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ ।

देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो त्यसमा पनि मुख्यतया मेचिराजमार्गको हेँवाखोलामा आएको बाढीले बेलिव्रिज बगाएकोले नवरात्रमा दर्शनार्थीको उपस्थिती न्युन रहेको क्षेत्र विकास समितीको भनाई छ। समितीले दिएको तथ्याङ्क अनुसार यो वर्ष नवरात्रको पहिलो घटस्थापना देखि सप्तमिको दिनसम्म ११ सय ९८ जनाले मन्दिरको दर्शन गरेका छन् । गत वर्ष नवरात्र सुरुभएदेखि सप्तमीको दिनसम्म १३ हजार ८ सय ४५ जनाले पाथीभराको दर्शन गरेका थिए ।

नवरात्रको पहिलो दिन घटस्थापनामा असोज २८ गते १,१४८, दोस्रो दिन असोज २९ गते १,१८५, तेस्रो दिन असोज ३० गते २,६६०, चौथो दिन कार्तिक १ गते ७२८, पाँचौदिन कार्तिक २ गते ७९७, छैटौँ दिन कार्तिक ३ गते २,०२७, सातौं दिन कार्तिक ४ गते ३, ८१५, आठौं दिन कार्तिक ५ गते १४८५, नवौ दिन कार्तिक ६ गते ८१५ र विजयादशमीको दिन कार्तिक ७ गते ४२० जनाले मन्दिरको दर्शन गरेका थिए ।

यो वर्ष भने असोज १७ गते घटस्थापना नवरात्रको पहिलो दिन ६३, दोस्रो दिन असोज १८ गते ७७, तेस्रो दिन १९ गते २२७, चौथो दिन २० गते ४३, पाँचौ दिन असोज २१ गते १०२, छैटौँ दिन असोज २२ गते ३०६, सातौँदिन असोज २३ गते १७३ र फुलपातीको दिन असोज २४ गते २०७ जनाले मन्दिरको दर्शन गरेका छन् । दर्शनार्थीको घुँईचो लाग्ने समयमा यसपटक भने न्युन दर्शनार्थीले मन्दिरको दर्शन गरेको पाथीभरा मन्दिरका पुजारी टिकारामा पौडेलको भनाई छ ।

यता दर्शनार्थी कम हुँदा मन्दिर पुगेका दर्शनार्थीलाई पुजा गर्न भने निकै सहज भएको दर्शनार्थीको भनाई छ । मुख्य सिजनमा नै तिर्थयात्रीको न्युन उपस्थितीले ताप्लेजुङ साथै मेचिराज मार्ग आसपासका होटल एवंम पर्यटन व्यवसायीले नोक्सानी व्यहोर्नुप¥यो । अहिले देशका धेरै ठाउँको सडक सञ्चालनमा आएको साथै हेंवाखोलामा पनि डाईभर्सन निर्माण भएर सवारी आवागमन खुल्ला भएकाले नवरात्रको समयपछि दर्शनार्थीको उपस्थिति बाक्लो रहने पाथीभरा क्षेत्र विकासको आँकलन रहेको छ ।

प्रकाशित मिति : 1:16 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश