ओलाङचुङगोला विओपीद्धारा सीमा स्तम्भको अवलोकन तथा निगरानी




रेडियो काबेली
ताप्लेजुङ । ओलाङचुङगोला सशस्त्र प्रहरीको सीमा सुरक्षा वल (विओपी) को टोलीले सिमा स्तम्भको अवलोकन तथा निगरानी गरेको छ । विओपी ओलाङचुङगोलाका शशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा रहेको १० जनाको टोलीले नेपाल–तिब्बत सिमाक्षेत्र टिपताला पुगेर सिमा स्तम्भको अवलोकन तथा निगरानी गरेको शशस्त्र प्रहरी बल नं.१ गुल्म हेडक्वाटर कञ्चनजंघाका शशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिओपी टोलीले सीमा स्तम्भ क्षेत्र आसपासमा सरसफाई गर्नुका साथै चिनिया समकक्षी अध्यागमन अधिकृत कुङगा टाँसी र प्रहरी अधिकृत दावातेसरिङ ला सँग भेटघाट तथा सामान्य छलफल समेत गरेको छ । त्यस्तै टोलीले ओलाङचुङगोलामा रहेको विओपीका लागि मौवाटारमा निर्माण गरिएको भवनको समेत अवलोकन गरेको छ । बिओपी टोलीले समय समयमा सिमा स्तम्भको अवलोकन एवं निगरानी साथै समकक्षीसँग भेटघाट एवं छलफल समेत गर्दै आएको छ ।

प्रकाशित मिति : 6:45 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि