मैवाखोलामा दुई जना बालबालिका बेपत्ता 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा दुई जना बालबालिका बेपत्ता भएका छन् ।  मैवाखोला गाउँपालिका स्थित मैवाखोलाले बगाउँदा स्थानीय अन्दाजी ११ वर्षीय सन्देश बराइली र अन्दाजी १२ बर्षिया आइतरानी शेर्पा बेपत्ता भएका हुन् । 

मैवाखोला नजिकै बस्तु भाउ चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएको आइतरानीका दाजु कुसुले शेर्पाले बताउनुभएको छ । कुसुलेले सन्देश र  आइतरानी खोलामा बेपत्ता भएको खवर गरेपछि मात्र घटनाका बारेमा थाह भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभएको छ । 

घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रबि रावलले बताउनुभएको छ ।  

यस्तै सशस्त्र प्रहरी वल नं. १ गुल्मका डीएसपी नरेश मर्हजनले पनि सशस्त्र प्रहरीका निरीक्षक योगाहाङ पतङवाको नेतृत्वमा टोली परिचालन भएको बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १९:५७

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको