३ करोडको लगानीमा होटल जन्नु ईन सञ्चालनमा आयो



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आजबाट होटल जन्नु ईन सञ्चालनमा आएको छ । कोरियन प्रविधिबाट निर्मित भुकम्प प्रतिरोधि पूर्वाधारहरु रहेको नयाँ होटल तथा पार्टी प्यालेस फुङलिङ सदरमुकामको मुटु बिरेन्द्रचौक आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

कोशी प्रदेशका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ, दावाचुङदा शेर्पा, दावाछेतेन शेर्पा र राजन साम्सोहाङले संयुक्त रुपमा होटल सञ्चालनमा ल्याउनु भएको हो । सञ्चालक साम्सोहाङका अनुसार ४ रोपनि जग्गा रहेको क्षेत्रफलमा ३ करोड रुपैयाँ लगानीमार्फत होटल सञ्चालनमा ल्याइएको छ ।

१५ ओटा एट्याज कोठा सहित ३० ओटा कोठा रहेको होटलमा करिब एक सय जना सेवाग्राही अटाउने गरिको संरचना तयार पारिएको उहाँको भनाई छ । यस्तै २ सय जना क्षमता रहेको सभाहल समेत निर्माण गरिएको छ । होटलमा पार्किङका लागि प्रशस्तै खुल्ला स्थानहरु समेत रहेका छन् । पाथीभरा दर्शनका लागि आउने तिर्थयात्रीहरुको सिजन सुरु भएसँगै होटल सञ्चालनमा आएको हो ।

उक्त होटलमा विभिन्न संस्थाका तालिम, गोष्ठि, सभा, सम्मेलन तथा पार्टीका लागि समेत उपयुक्त स्थान हुने सञ्चालकले बिश्वास लिएका छन् । होटल उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पुर्वमन्त्री तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू९दीपेन०, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:29 pm

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र