ताप्लेजुङको ओख्राबुमा बुवाको हत्या गर्ने छोरा पक्राउ 



ताप्लेजुङ ।  ताप्लेजुङमा बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ ओख्राबुका ३० वर्षीय सुमन ओख्राबु बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ओख्राबुले ५६ वर्षीय श्याम बहादुर लिम्बूलाई धारिलो हतियार बाम्फोक प्रहार गरि हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ओख्राबुले बिहीबार बिहान करिब साढे ७ बजे घरमा रहेको बाम्फोकले बुवाको शरीरको बिभिन्न भागमा प्रहार गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार घरायसी बिबादका क्रममै ओख्राबुले बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओख्राबुलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानलाई जारी राखेको छ । ओख्राबुलाई इलाका प्रहरी कार्यालय दोभान र सान्थाक्रा प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 8:14 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य