ताप्लेजुङको ओख्राबुमा बुवाको हत्या गर्ने छोरा पक्राउ 



ताप्लेजुङ ।  ताप्लेजुङमा बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ ओख्राबुका ३० वर्षीय सुमन ओख्राबु बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ओख्राबुले ५६ वर्षीय श्याम बहादुर लिम्बूलाई धारिलो हतियार बाम्फोक प्रहार गरि हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ओख्राबुले बिहीबार बिहान करिब साढे ७ बजे घरमा रहेको बाम्फोकले बुवाको शरीरको बिभिन्न भागमा प्रहार गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार घरायसी बिबादका क्रममै ओख्राबुले बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओख्राबुलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानलाई जारी राखेको छ । ओख्राबुलाई इलाका प्रहरी कार्यालय दोभान र सान्थाक्रा प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 8:14 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ