स्थानीयको खोजी पश्चात सिकैचाका वडाध्यक्षले हङकङबाट पठाए राजीनामा




एलिना दियाली
ताप्लेजुङ । जिल्लाको सिरिजङ्गागाउँपालिका–३ सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिम लिम्बुले हङकङबाट गाउँपालिकालाई राजिनामा लेखेर पठाउनु भएको छ । स्थानीयको खोजी पश्चात वडा अध्यक्ष लिम्बुले हङकङबाट राजिनामा लेखेर ईमेलमा पठाउनु भएको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पृष्टि गर्नुभयो । वडा अध्यक्ष लिम्बुले वडा सदस्य अम्बि साउदेनलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर ०८० कात्तिक २४ गतेदेखि उहाँ भने अनुपस्थित रहनुभएको थियो ।

लामो समयदेखि कार्यवाहकको भरमा चलेको वडामा रहेका स्वास्थ्य चौकी, विद्यालय र स्वयम वडाको कामकारवाही वडाध्यक्षको अनुपस्थितिमा प्रभावित भएकोले वडा अध्यक्ष माथि तत्काल कारबाही गर्न भन्दै स्थानीयले पालिकालाई आग्रह गर्दै गाउँपालिका अध्यक्षलाई ०८१ भदौ १९ गते ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्षलाई जनताका माझ उपस्थित गराउन वा जिम्मेवारी पुरा गर्न नसके राजीनामा दिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको थियो ।

ज्ञापन पत्र पश्चात गाउँपालिकाले वडा अध्यक्ष लिम्बुलाई पालिकाको सम्पर्कमा आउने आग्रह गरेको थियो । उति बेला ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष लालकृष्ण चौहानले एक महिनाभित्र वडाध्यक्ष आए उहाँलाई जिम्मेवारी दिने वा उहाँ एक महिनाभित्र नआए अरु केही विकल्पको खोजी गरिने जनाउनु भएको थियो । अब राजिनामा आईसकेकाले उक्त राजिनामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई पठाईएको र बाँकी काम निर्वाचन कार्यालयले नै गर्ने अध्यक्ष चौहानको भनाई रहेको छ । यता जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले भने राजिनामाको निवेदन गाउँपालिका मार्फत आएकाले उक्त निवेदन निर्वाचन आयोगमा पठाईदिने र निर्वाचन आयोगको निर्देशन अुनसार अघि बढ्ने जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा वडाध्यक्षको पदावधि समाप्न नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पदपूर्ति गरिने उल्लेख छ भने एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने स्पष्ट व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति : 1:56 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ