वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई




रेडियो काबेली
ताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिएको छ । वाईसिएल ताप्लेजुङ संयोजक कैलाश माबोका अनुसार वाईसिएल मामाङ्खे कमिटीको आयोजनामा मंगलबार सरसफाई गरिएको हो ।


यस अघि असोज १२ गतेका लागि सरसफाई गर्ने भनिएकोमा निरन्तरको अबिरल वर्षाका कारण असोज १५ गतेका लागि सरसफाई कार्यक्रम सारिएको वाईसिएल मामाङ्खे कमिटी अध्यक्ष दुर्गा माबोले जानकारी दिनुभयो । यो सङ्ग्रहालय विश्वको पहिलो लिम्बू सङ्ग्रहालय मानिन्छ ।


गत असार १ देखी ७ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको पहिरोले सङ्ग्रहालयमा क्षती पु¥याएको थियो । सङ्ग्रहालयमा लिम्बु समुदायको जन्म र मृत्यु संस्कारका लागि आवश्यक पर्ने हतियार, शिकार औजार र सामग्री राखिएको छ ।
सन् १७५७ र १७७४ मा लिम्बू, युद्धमा प्रयोग भएका ढाल, तरवार, बाण र भाला पनि सङ्ग्रहालयमा सुरक्षित रहेको सङ्ग्रहालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।


पहिरोले ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालयमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै श्रमदानद्धारा सरसफाई गरिएको वाईसिएलले जनाएको छ । लिम्बु सांस्कृतिक संग्रहालय सन् २००६ मा स्थापना भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार २०:३०

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको