हाङपाङमा आगलागी हुँदा ५ लाखको क्षती




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आईतबार राती एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार पालिकाको वडा नंं. ३ हाङपाङ स्थित गैरी गाउँका दुर्गा बहादुर लिम्बुको घर जलेर नष्ट हुँदा उक्त क्षती भएको हो ।

उहाँका अनुसार परिवारमा बच्चाहरु मात्रै भएको अवस्थामा एक्कासी आगलागी भएको र आगोले घरमा भएका सबै चिज जलेर नष्ट भएको छ । लिम्बु परिवारलाई तत्कालको लागि छिमेकी बम बहादुर आङबुहाङको घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई रहेको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : 1:46 pm

ताप्लेजुङमा विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ, मङ्सिर १२ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विभिन्न

आमाको जन्मदिनमा छोरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ११ गते । फुलमाया बिष्टको जन्मदिनको

मैवाखोला गाउँपालिकाले उद्यमशीलता विकासका लागि पाँच लाखसम्म अनुदान दिने

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले

फरार प्रतिवादीबाट ४२ लाख बढी जरिवाना असुल

ताप्लेजुङ, मङ्सिर १० गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको