डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)



काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति)को मञ्चन सुरु भएको छ। मुक्कुमलुङलाई आदिवासी याक्थुङ लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्दछन् ।

यही असोज २० गतेसम्म मन्चन हुने नाटक ‘मुक्कुमलुङ, मङ्गलवार बाहेक हरेक दिन साँझ ५ः०० बजेदेखि मञ्चन हुनेछ। शनिवार भने दिउँसो १ ः०० बजे र साँझ ५ः०० बजे गरी दुई शो मञ्चन हुनेछ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको उपाध्यक्ष समेत रहेका डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित यो नाटकलाई प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेका छन्। उक्त नाटकमा सञ्जीत थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहेको छ ।

नाटकमा विशेष गरी हाल पाथीभराको नामले चिनिने मुक्कुमलुङ डाँडाको रैथाने नाम कायम गर्न गरिएको सङ्घर्षबारे देखाउन खोजिएको छ।
याक्थुङ (लिम्बू) समुदायको जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा ‘मुक्कुमलुङ’ विश्वास र आस्थाको धरोहर मानिन्छ। फेदाङ्‌मा, साम्बा, येबा येमाहरुले मुन्धुम फलाक्दा यसलाई विभिन्न नामले पुकार्ने गर्छन् । मुन्धुमअनुसार, मुक्कुमलुङ आदिवासी याक्थुङहरुको परम पूज्य ‘तागेरानिड्वाफुमाङ’ को वासस्थान समेत हो।

नाटकमा याक्थुङ लिम्बूहरुको संस्कार संस्कृति परम्परा , कला , साहित्य, संगित, प्रेम, अस्तित्व रक्षा, आन्दोलन लगायत विविध पक्ष समावेस रहेको प्राज्ञ राजन मुकारुङ बताउँछन् । रङ्गकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी नाटक ‘मुक्कुमलुङमामा कलाकारहरू रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमीला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राईको अभिनय रहेको छ।


डा. माबोको कथासंग्रह डोली भर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयमा लेखिएका १५ वटा कथा डोलीभर्नामा संग्रहित छ ।

प्रकाशित मिति : 5:31 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन