न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन




रेडियो काबेली

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ् – काठमाडौं सम्पर्क बिभाग” गठन गरेको छ । ताप्लेजुङको समेत जिम्मेवारी सम्हालिरहनु भएकी सासंद डा. तोसिमा कार्कीको बिशेष उपस्थितिमा विभाग गठन गरिएको हो ।

विभागको सह–संयोजकमा पूर्ण महत,सचिवमा राज याख्खा,सह–सचिवमा गोमा भट्टराई र कोषाध्यक्षमा राधा थेबे राई चयन हुनु भएको छ । सुनिल लिम्बू,प्रकाश नुगो,रामबहादुर थापा,गंगा कार्की,सागर सुवेदी,शोभा जोशी,सुभाष अधिकारी,जुनिता बानियाँ र सिद्धार्थ भट्टराई विभागको सदस्य चयन हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङका संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विभागको सल्लाहकारमा रामलाल ओली चयन हुनु भएको छ ।


कार्यक्रममा बोल्नु हुँदै डाक्टर तोसिमा कार्किले ताप्लेजुङ जिल्लाको विकासको लागि आफुलाई जुनसुकै भुमिकामा राखे पनि पवित्र मनले सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । त्यस्तै समसामयिक राजनीतिक घटनालाई प्रष्ट पार्दै रास्वपा एक मात्र बिकल्प रहेको सहप्रवक्ता रमेश प्रसाईले दाबी गर्नुभयो । रास्वपा ताप्लेजुङ् संयोजक श्रेष्ठले काठमाडौमा बसोबास गरिरहनु भएका जिल्लालाई माया गर्ने आम दाजुभाइ, दिदिबहिनीहरुलाई आफ्नो ज्ञान् र बौद्धिक्ता आफुलाई शेयर गरिदिन आग्रह गर्नुभयो । ताप्लेजुङ बनाउने अभिभारा ताप्लेजुङबासिकै रहेको र जिल्ला हामिले चाहे बमोजिम बन्नु पर्ने जिकिर श्रेष्ठको छ । आआफ्नो स्थानबाट निष्काम सहयोग गर्ने हो र राजनीति शुद्ध हुने हो भने हाम्रो जिल्ला नेपालकै समृद्ध र अन्तर्राष्ट्रिय स्तरको हिमाली जिल्ला बन्न खासै समय नलाग्ने पनि श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : 7:33 pm

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध