याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन



काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यमा क्रमसः कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बामा निर्वाचित भएका छन । भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ वर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारलाई मासिक ११५१ रुपैयाँका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन्

प्रकाशित मिति : 6:51 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै