ताप्लेजुङ गोल्ड कपको आयव्यय सार्वजनिक, आम्दानी ५५ लाख ६४ हजार



ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कप २०८१ को बुधबार आयव्यय सार्वजनिक गरिएको छ । लाखे जात्रा सञ्चालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो । यसपटक ५५ लाख ६४ हजार १ सय २९ रुपैयाँ आम्दानी (उठ्न बाँकी बाहेक) गरेको छ ।

७३ लाख २० हजार ७ सय ४८ रुपैयाँ खर्च भएको कोषध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । १७ लाख ५६ हजार ६ सय १९ रुपैयाँ तिर्न बाँकी छ । उक्त रकम स्थानिय तह , हाइड्रोपावर कम्पनी, संघ संस्था र व्यक्ति तथा बास बिक्रीबाट आएका आम्दानीले तिर्ने भएको छ । 

फुङलिङ नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । मेरिङदेन गाउँपालिका र मैवाखोला गाउँपालिकाले जनही १ लाखका दरले कार्यपालिबाट निर्णय गरेको छ । आठराई त्रिवेणी गाउँपालिका ,फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिरीजङगा गाउँपालिका , सिदिङमा गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले गतवर्षको भन्दा कम नहुनेगरी सहयोग गर्ने भएका छन् । 

यद्यपि कतिपय गाउँपालिकाको कार्यपालिका बाट निर्णय हुन बाँकी छ । जिल्ला समन्वय समितिले ५० हजार रुपैयाँ दिने निर्णय गरेको जिसस प्रमुख छिरिङ लामाले जानकारी दिए । स्पार्क हाइड्रोपावर , पाथीभरा केबलकार प्रा।लि।,सानिमा मध्य तमोर हाइड्रोपावर कम्पनी, व्यक्ति तथा संघ संस्थाबाट उठ्न बाँकी छ ।

भानु जन माविको मैदानमा रहेको बास बिक्रीलाई आम्दानीको रुपमा राखेको छ । यसपटक टिकट बिक्रीबाट २३ लाख ७६ हजार ६ सय रुपैयाँ सङ्कलन गरेको छ । व्यक्ति तथा सँघ संस्थाबाट ३१ लाख ८७ हजार ५ सय २९ रुपैयाँ सङ्कलन गरेको छ । 

यो रकम दोश्रो पुरस्कार २ लाख ५२ हजार ५ सय ५ रुपैयाँ, सिरीजङगा गाउँपालिका–७ खेवाङका वडाअध्यक्ष बुद्धि प्रसाद दाहाल, विद्यागत पुरस्कार ८५ हजार रुपैयाँ फङलिङ नगरपालिका ४ का स्व। सूर्य कुमार श्रेष्ठको स्मृतिमा परिवारजन बाट र प्रत्येक खेलको म्यान अफ दि म्याच ७ खेलको ३५ हजार पूर्व खेलाडी तथा शैक्षिक व्यक्तित्व स्व। गणेश बहादुर राईको स्मृतिमा माधव प्रधानको सहजी करणमा उपलब्ध गराएको सहितको हो । 

खेल मैदान तयारी तर्फ ३ लाख ३९ हजार ९ सय ६३ रुपैयाँ, प्याराफिट निर्माणतर्फ १२ लाख ७२ हजार ९ सय ७४ रुपैयाँ , स्टेज व्यवस्थापन तर्फ २ लाख २२ हजार ७ सय ३५ रुपैयाँ, कार्यालय व्यवस्थापन तर्फ २ लाख ४७ हजार ७ सय ४० रुपैयाँ र पुरस्कार ट्रफी मेडल तर्फ ९ लाख ६३ हजार २ सय ६७ रुपैयाँ खर्च भएको छ ।

यसै गरि टिम व्यवस्थापन तर्फ १५ लाख ९२ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ । रेफ्री र अफिसियल व्यवस्थापनतर्फ ६ लाख ३ हजार १ सय १० रुपैयाँ , यातायात व्यवस्थापन तर्फ २ लाख ५ हजार ७ सय ६५ रुपैयाँ खर्च भएको छ । पूर्व खेलाडी सम्मान पुरुष ३० जना र महिला १५ जना गरि ४५ जनाका लागि ७७ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । 

मिडिया पत्रकार तर्फ ३ लाख ६७ हजार , मेडिकल उपचार तर्फ ५९ हजार ८५ रुपैयाँ र आयोजक र स्वयंसेवक खाजा खर्च ६ लाख २३ हजार १ सय २५ रुपैयाँ खर्च भएको छ । आदर्श स्टेशनरीमा २ लाख ५ हजार १ सय ५० रुपैयाँ, जिएस पाथीभरामा १ लाख ५ हजार नौ सय, नेपाल फोटो संसार १ लाख २२ हजार ६ सय १० रुपैयाँ , केश चन्द्र इन्टर प्राइजेज ४४ हजार ५ सय, नुमाफुङ साइबर सेन्टर २ लाख ६७ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ । 

यसै बिच ५ लाख ८८ हजार ८ सय १० रुपैयाँको अचल सम्पत्ति जोडेको छ । सौजन्य मार्फत १८ हजार ९ सय ५० रुपैयाँको अचल सम्पत्ति छ । लाखे जात्रा सञ्चालन समितिले १८ लाख ५० हजार फिक्स डिपोजिटमा राखेको छ । उक्त रकम लक्ष्मी सनराइज बैंक फुङलिङ शाखामा रहेको कोषध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १०:१२

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको

एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी

रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई

माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि