पाथीभरा (मुक्कुम्लुङ) मा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुम्लुङ ) मा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै आन्दोलनकारी पक्षले गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्रीसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर “पाथीभरा” बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्य मान्यता र अस्तित्वलाई समेत संरक्षण नगर्ने भएकाले केबलकार निर्माण तुरुन्त बन्द गर्न माग गरेका हुन् ।

गृहमन्त्री लेखकले त्यस क्षेत्रमा केबलकार निर्माण गर्दा राम्रै हुदैन र भन्ने जिज्ञासा राखेपछि आफूहरुले मुक्कुमलुङप्रतिको आस्था, मुन्धुमी मान्यता र इतिहासबारे जानकारी गराउदै केबलकार बनाउन नहुने प्रष्ट विचार राखेको प्रतिनिधिमण्डलमा सहभागी अभियन्ता राम मादेनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 10:04 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै