नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजङ्घाकी अञ्जना भट्टराई प्रथम



रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिताका कञ्चनजंघा बोर्डिङ स्कुलकी अञ्जना भट्टराई प्रथम हुनु भएको छ । बुधबार नेपाल रेडक्रस सोसाईटीको ६२ औं स्थापना दिवसको अवसरमा लिटल बुद्ध बोर्डिङको आयोजना र जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङको समन्वयमा भएको वक्तृत्वकला प्रतियोगितामा ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराइ प्रथम हुनुभएको हो ।

लिटलबुद्ध बोर्डिङ स्कुलका सौभाग्य लिम्बू द्धितिय,युवाबर्ष मावि कैंजलेका सुमन विश्वकर्मा तृतिय र मेची सेन्टमेरिज बोर्डिङ स्कुलकी एशिका दाहाल सान्त्वना हुनुभयो । प्रथम भएसँगै भट्टराईले नगद ५ हजार, द्धितीय हुने लिम्बूले ३ हजार,तृतीय हुने विकले २ हजार र सान्त्वना हुने दाहालले नगद एकहजार रुपैयाँ र प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सिद्धकाली मावि दोखुका साजन तामाङ, वासुमावि मेदिवुङका गस्तिहाङ पालुङ्वा, अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका आश्रेया सिग्देल र नवज्योति कञ्चन एकेडेमीका आखिम लिम्बू गरी ८ जना सहभागी हुनुहुन्थ्यो ।

सहभागी सबैलाई नगद ५ सय रुपैयाँको दरले प्रोत्साहन रकम दिईएको आयोजक लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिता ‘विपद्मा रेडक्रस’शीर्षकमा भएको थियो प्रतियोगिताको निर्णायक भुमिका पत्रकार महासंघ ताप्लेजुङका पुर्व अध्यक्ष खगेन्द्र अधिकारीले निभाउनु भएको थियो ।

प्रकाशित मिति : 8:49 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई