ताप्लेजुङमा क्रसर मेसिनको सामान चोरी गर्ने तीन जना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा क्रसर मेसिनको सामान चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नंं. १ नाङखोल्याङका २३ वर्षका चन्द्र लोकुच सुनुवार, मेरिङदेन गाउँँपालिका वडा नंं. ५ थुकिम्माका १९ वर्षका पासाङ शेर्पा र सोही पालिकाका वडा नंं. ६ नाल्बुका वर्ष १९ का फुर्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवालुङ निर्माण सेवा प्रा.लि.ले जिल्लाको फुङलिङ नगरपालिका वडा नं.१ हान्द्रुङमा काम गर्नका लागि जडान गर्दै गरेको चारलाख बराबरको विभिन्न सामान भाद्र १४ गते चोरी गरि बिक्री गरिएकोमा प्रहरीले उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेका व्यक्तिहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १९:५२

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको