घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको अध्यक्षमा भारती चयन



रेडियो काबेली
ताप्लेजुङ । घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङको अध्यक्षमा पुन राजेन्द्र भारती चयन हुनु भएको छ । शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट भारतीको नेतृत्वमा २२ सदस्यीय जिल्ला समिती चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नरबहादुर सुनाम, प्रथम उपाध्यक्षमा हर्कराज गुरुङ, द्वितीय उपाध्यक्ष मातृकादेवी प्रसाई चयन भएका छन् । त्यस्तै महासचिवमा पासाङरिता शेर्पा, सचिवमा कोपिला नेपाली, कोषाध्यक्षमा लिला सुनुवार चयन हुनुभएको छ ।

समितिको सदस्यमा शान्ति मादेन, गोमा कार्की, मणि सेम्बू, जितमाया लिम्बू, कमल बिष्ट, ज्ञान प्रसाद भारती, मिलन नेपाली र सानुमाया लिम्बू चयन हुनु भएको छ । त्यस्तै मनीषा भट्टराई, आशा लिम्बू आङबुहाङ, सनज्योती साँवा लिम्बू, भगीमाया गुरुङ, हर्कमाया गुरुङ, गणेश दाहाल, मानबहादुर गुरुङ चयन हुनु भएको छ । सल्लाहकार संयोजकमा घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका संस्थापक अध्यक्ष सन्तोष खतिवडा र सदस्यमा पुर्व अध्यक्ष ज्ञानप्रसाद मिश्र र निवर्ततमान अध्यक्ष कुमार सिवा चयन हनु भएको छ ।

सपथ ग्रहण पछि बोल्नु हुँदै अध्यक्ष भारतीले स्थानीय उत्पादनलाई स्थानीय स्तरमा नै उपयोग गर्न सके मात्रै पनि धेरै उद्यमीहरुलाई सहयोग हुने र यसतर्फ सबै सरोकारबाल निकाय लाग्नु पर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घको प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अञ्जु उपाध्याया सुजी, केन्द्रीय महासचिव डम्बर रेग्मी, मोरङ अध्यक्ष चेतन निरौला, इलाम अध्यक्ष दिनेश श्रेष्ठ, उदयपुर महासचिव लेखबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, उप–प्रमुख भिमा ओझा लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : 3:25 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ