ताप्लेजुङमा केलाङ र यालाङ कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । लाखे जात्राको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा च्याब्रुङ (केलाङ) र धाननाच (यालाङ) कार्यक्रम सम्पन्न भएको छ । पुर्व स्वास्थ्य मन्त्री एव् प्रदेश सभा सदस्य निर्मला तावाको प्रमुख आतिथ्यता एव्म प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गाम, जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामाको विशिष्ट आतिथ्यता एव्म फुङलिङ नगरपालिकाका उप–प्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य, प्रहरी नायव उपरिक्षक रवि रावल, शशस्त्र प्रहरीका डिएपी नरेश मर्हजन, किराँत याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य बालचन्द्र आङबुहाङ र किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष ईन्दिरा मेन्याङबो लगायतको उपस्थितिमा केलाङ र यालाङ कार्यक्रम सम्पन्न भएको हो ।


विगतको समयमा जात्राको अवसरमा भेला भएर आफै केलाङ यालाङ नाच्ने गरिएकोमा पछिल्लो समय औपचारिक रुपमा संस्कृतिको संरक्षण गर्न कार्यक्रम गरिएको किराँत याक्थुङ चुम्लुङ जिल्ला सचिवालय सचिव सरोज कङलिवाले जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडामा भएको केलाङ यालाङ कार्यक्रममा लिम्बुसहित अन्य समुदायका व्यक्ति पनि सहभागी भएका थिए । यो एउटा बहु जाती एव् बहु साँस्कृतिक समाजको सुन्दरता पनि हो । यस्ता कार्यक्रमले हाम्रा संस्कार संस्कृतिको संरक्षण गर्न टेवा पु¥याउँछ ।

प्रकाशित मिति : 9:54 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान