ताप्लेजुङ गोल्ड कप : फाईनल खेलको ‘फ्यान अफ दि म्याच’ बनिन् ७ वर्षीया क्रियाना मादेन



एलिना दियाली
ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको फाइनल खेलको ‘फ्यान अफ दि म्याच’ क्रियाना मादेन हुनुभएको छ । फुङलिङ नगरपालिका–४ की मादेन सोमबार (आज) को खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो । ७ वर्षिया मादेनको फुटबल खेलप्रतिको मोहलाई सम्मान गर्दै ‘फ्यान अफ दि म्याच’ छनोट गरी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

उहाँलाई आयोजक लाखेजात्रा सञ्चालन समितीका अध्यक्ष देवराज गुरुङले राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले हस्ताक्षर गर्नुभएको बल प्रदान गर्नु भयो । आयोजकले हरेक दिनको खेलमा खेलाडीलाई हौसल प्रदान गर्ने दर्शकलाई ‘फ्यान अफ दि म्याच’ छनोट गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले हस्ताक्षर गर्नुभएको बल प्रदान गर्दै आएको थियो ।

आज भएको फाईनल खेलमा सिराहाको सलहेश युवा क्लबलाई १–० गोलले पारजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधी चुम्न सफल भएको छ ।

प्रकाशित मिति : 9:53 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर