ताप्लेजुङ गोल्ड कप : फाईनल खेलको ‘फ्यान अफ दि म्याच’ बनिन् ७ वर्षीया क्रियाना मादेन



एलिना दियाली
ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको फाइनल खेलको ‘फ्यान अफ दि म्याच’ क्रियाना मादेन हुनुभएको छ । फुङलिङ नगरपालिका–४ की मादेन सोमबार (आज) को खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो । ७ वर्षिया मादेनको फुटबल खेलप्रतिको मोहलाई सम्मान गर्दै ‘फ्यान अफ दि म्याच’ छनोट गरी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

उहाँलाई आयोजक लाखेजात्रा सञ्चालन समितीका अध्यक्ष देवराज गुरुङले राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले हस्ताक्षर गर्नुभएको बल प्रदान गर्नु भयो । आयोजकले हरेक दिनको खेलमा खेलाडीलाई हौसल प्रदान गर्ने दर्शकलाई ‘फ्यान अफ दि म्याच’ छनोट गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले हस्ताक्षर गर्नुभएको बल प्रदान गर्दै आएको थियो ।

आज भएको फाईनल खेलमा सिराहाको सलहेश युवा क्लबलाई १–० गोलले पारजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधी चुम्न सफल भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार २१:५३

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन