ताप्लेजुङ गोल्डकप :बिर्तामोड र सिराहा भिड्दै




ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपमा आज बिर्तामोड र सिराहा भिड्दै छन् । भाद्र ३ गतेदेखी सुरु भएको गोल्डकपको अन्तिम सेमिफाईनलमा आज झापाको बिर्तामोड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब भिड्न लागेका हुन् ।
यो दुई टीम बीचको बिजेताले फाईनलमा मोरङसँगको भेट पक्का गर्नेछ । झापाले त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेका हुन् । शुक्रबार (हिजो) भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको हो । भदौ १० गते हुने फाईनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ०६:३९

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ