ताप्लेजुङ गोल्ड कपः पाँचौ दिन ३ लाख ८ हजार बढीको टिकट बिक्री



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको पाँचौँ दिन शुक्रबार ३ लाख ८ हजार ८ सय रुपैँयाको टिकट बिक्रि भएको छ । शुक्रबार (आज) ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङ बिच भएको पहिलो सेमिफाईनल खेलमा १ हजार ५ सय ४४ जना दर्शकले टिकट खरिद गरेको आयोजकले जनाएको छ ।

भदौ ३ गते सोमबार देखि जारी रहेको प्रतियोगितामा पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन मंगलबार १ लाख ३५ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ ।तेस्रो दिन बुधबार १ लाख ४० हजार ८ रुपैयाँ र चौथो दिन बिहिबार २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।

भोली (शनिबार)हुने अन्तिम सेमिफाईनल खेलमा सलहेश युवा क्लब सिराहा र विर्तामोड फुटबल क्लब झापा भिड्ने छन् । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब १९ लाख रुपैयाँ सङ्कलन भएको थियो । शुक्रबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १९:३८

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक