ताप्लेजुङ गोल्ड कपः पाँचौ दिन ३ लाख ८ हजार बढीको टिकट बिक्री



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको पाँचौँ दिन शुक्रबार ३ लाख ८ हजार ८ सय रुपैँयाको टिकट बिक्रि भएको छ । शुक्रबार (आज) ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङ बिच भएको पहिलो सेमिफाईनल खेलमा १ हजार ५ सय ४४ जना दर्शकले टिकट खरिद गरेको आयोजकले जनाएको छ ।

भदौ ३ गते सोमबार देखि जारी रहेको प्रतियोगितामा पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन मंगलबार १ लाख ३५ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ ।तेस्रो दिन बुधबार १ लाख ४० हजार ८ रुपैयाँ र चौथो दिन बिहिबार २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।

भोली (शनिबार)हुने अन्तिम सेमिफाईनल खेलमा सलहेश युवा क्लब सिराहा र विर्तामोड फुटबल क्लब झापा भिड्ने छन् । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब १९ लाख रुपैयाँ सङ्कलन भएको थियो । शुक्रबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 7:38 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन