ताप्लेजुङ गोल्ड कपः एलिसा सुनुवार बनिन् चौथो दिनको ‘फ्यान अफ दि म्याच’



रेडियो काबेली

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको चौथो दिनको ‘फ्यान अफ दि म्याच’ फुङलिङ नगरपालिका वडा नं। ५ की एलिसा सुनुवार बन्नु भएको छ । सुनुवार बिहिबारको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो ।

गोल नेपाल र समितिको अफिसियल फोटोग्राफर मार्फत सुनुवार ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, साथ दिने दर्शकहरु मध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो ।


सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित कल्मषको फुटबल प्रदान गरिएको छ । हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाउँदैं आएको छ ।

बुधबार भएको खेलमा फुङलिङ नगरपालिका वडा नं.७ का रमेश गुरुङ, मङ्गलबार भएको खेलमा मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू र सोमबार भएको उद्‌घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ । बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौंलाई ३– ० ले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 9:51 pm

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण

विपद्का घटनाबाट १० जनाको मृत्यु

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा