ताप्लेजुङ गोल्डकप : बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइन खेल अन्तरगत बुटवल लुम्बिनी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । 

यो सँगै मोरङले सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ सँगको सेमिफाइनमा भेट पक्का गरेको छ । सोमबार भएको पहिलो खेलबाट ताप्लेजुङले सिलगुडी भारतको टीम कञ्चजङ्घा फुटबल क्लबलाई ७–५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

यस्तै हिजो सम्पन्न दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब सिरहाले सेमिफाइनलमा आफ्नो सिट सुरक्षित गरेको छ । आज दुवै टिमले ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडीहरूलाई मैदानमा उतारेका थिए ।

भोलि हुने क्वार्टरफाईनलको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा भिड्दै छन् । यो खेल समेत निकै नै रोचक हुने दर्शकहरूले अनुमान गरेका छन् । यी दुई टीम बीचेको विजेताले सेमिफाइनलमा सिरहासँगको भेट पक्का गर्नेछ । दोश्रो सेमिफाइनल खेल भदौ ८ गते हुँदैछ । 

भदौ १० गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँसँगै ट्रफी, मेडल प्रदान गरिएको छ ।

आयोजकले प्रतियोगिताको बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद साथै ट्रफीको ब्यवस्था गरेको छ । 

प्रकाशित मिति : 5:04 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित