ताप्लेजुङ गोल्ड कपको दोस्रो दिन एक लाख ३५ हजार बढिको टिकट बिक्री



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको दोस्रो दिन एक लाख ३५ हजार १०० रुपैयाँको टिकट बिक्री भएको छ । लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेको विवरण अनुसार आज एक हजार ३५१ जनाले टिक काटेर मैदान प्रवेश गरेका हुन् । 

हिजो पहिलो दिन २ लाख २० हजार रुपैयाँको टिकट बिक्री भएको छ । हिजोको तुलनामा आज झण्डै आधा कम टिकट बिक्री भएको हो । आज पाँचथर फुटबल क्लब पाँचथर र सलहेस युवा क्लब सिरहाबीच खेल सञ्चालन भएको थियो । जसमा पाँचथर फुटबल क्लब सलहेस युवा क्लब सँग १-० गोलको अन्तरले पराजित भएको छ ।  

लाखेजात्राको अबसरमा सञ्चालन हुँदै आएको गोल्डकपमा गतवर्षदेखि हरेक दिन टिकट बिक्रीबाट प्राप्त भएको रकमको विवरण सार्वजनिक गर्न थालिएको छ । सोही अनुसार यसवर्ष पनि समितिले टिकट बिक्रीबाट प्राप्त भएको रकम हरेक दिन सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार नै विवरण सामाजिक गरिएको आयोजकले जनाएको छ । 

क्वार्टरफाईनलका ४ ओटा खेलका लागि एक सय रुपैयाँ, सेमिफाइनलका लागि दुई सय रुपैयाँ र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर समितिले निर्धारण गरेको छ । दर्शकका सुविधाका लागि करिब ७ लाख बढी रकम खर्चेर बाँसको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ । 

खेल अवलोकन गर्नका लागि बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूलाई भने प्रवेश निःशुल्क गरिएको छ । अन्य दर्शकको हकमा भने टिकट काटेर मात्रै मैदानमा प्रबेश गरिदिन समितिले आग्रह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 6:11 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा