ताप्लेजुङ गोल्ड कपको दोस्रो दिन एक लाख ३५ हजार बढिको टिकट बिक्री



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको दोस्रो दिन एक लाख ३५ हजार १०० रुपैयाँको टिकट बिक्री भएको छ । लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेको विवरण अनुसार आज एक हजार ३५१ जनाले टिक काटेर मैदान प्रवेश गरेका हुन् । 

हिजो पहिलो दिन २ लाख २० हजार रुपैयाँको टिकट बिक्री भएको छ । हिजोको तुलनामा आज झण्डै आधा कम टिकट बिक्री भएको हो । आज पाँचथर फुटबल क्लब पाँचथर र सलहेस युवा क्लब सिरहाबीच खेल सञ्चालन भएको थियो । जसमा पाँचथर फुटबल क्लब सलहेस युवा क्लब सँग १-० गोलको अन्तरले पराजित भएको छ ।  

लाखेजात्राको अबसरमा सञ्चालन हुँदै आएको गोल्डकपमा गतवर्षदेखि हरेक दिन टिकट बिक्रीबाट प्राप्त भएको रकमको विवरण सार्वजनिक गर्न थालिएको छ । सोही अनुसार यसवर्ष पनि समितिले टिकट बिक्रीबाट प्राप्त भएको रकम हरेक दिन सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार नै विवरण सामाजिक गरिएको आयोजकले जनाएको छ । 

क्वार्टरफाईनलका ४ ओटा खेलका लागि एक सय रुपैयाँ, सेमिफाइनलका लागि दुई सय रुपैयाँ र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर समितिले निर्धारण गरेको छ । दर्शकका सुविधाका लागि करिब ७ लाख बढी रकम खर्चेर बाँसको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ । 

खेल अवलोकन गर्नका लागि बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूलाई भने प्रवेश निःशुल्क गरिएको छ । अन्य दर्शकको हकमा भने टिकट काटेर मात्रै मैदानमा प्रबेश गरिदिन समितिले आग्रह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 6:11 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज