तोक्मेडाँडामा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भ शिलान्यास



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडामा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भ शिलान्यास गरिएको छ । लाखेजात्रा पर्बको अबसर पारेर सोमबार किराँत याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ ताप्लेजुङको ब्यबस्थापनमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’को याःलाङ (धान नाच), केःलाङ (च्याबु्रङ नाच) सहितका कार्यक्रम गर्दै शिलान्यास गरिएको कियाचु ताप्लेजुङ शाखाले जनाएको छ ।

लिम्बू समुदायमा प्रचलित धान नाच लोपोन्मुख भइरहेको बेला यसको झल्को दिने स्तम्भ निर्माण गर्न लागिएको हो । जुन स्तम्भ निर्माणका लागि ५० लाख रुपैयाँ लाग्न कियाचु ताप्लेजुङका शाखाको भनाई छ । चुम्लुङका अध्यक्ष ईन्दिरा मेन्याङबोका अनुसार स्तम्भको पछाडिपट्टि कञ्चनजंघा, कुम्भकर्ण हिमालको झल्को दिनेगरिको स्थल बनाइनेछ । त्यसको अगाडि धान नाच्दै गरेका दुई पुरुष र दुई महिलाको स्तम्भ रहने छ ।

स्तम्भको उचाई छ फुटको हुनेछ । जुन ३२ लाख रुपैयाँको लागतमा ताप्लेजुङमै त्यसको निर्माण गरिने मेन्याङबोको भनाई छ । जिल्लाबाहिरबाट निर्माण गरेर ल्याउँदा जोखिम बढ्ने र ढुवानी खर्चमा समेत भार पर्ने भएकाले आबश्यक कच्चा पदार्थ यही ल्याएर निर्माण गर्न लागिएको हो । लिम्बू संस्कृति झल्कने यस स्तम्भ निर्माण करिब महिनामा सकिने बताइएको छ । मंसिरको पूर्णीमामा सकेर उद्धघाटन गर्ने योजनाका निर्माणको कार्यलाई तिब्र गतिमा लगिने चुम्लुङको तयारी छ ।

केही समय अगाडि मेला, महोत्सव, हाट बजारमा भेट भएका युवा–युवती हात समाएर पालाम भन्दै धान नाच्ने प्रचलन थियो । पालामकै माध्यमबाट एकापसको मन मिलेमा बिबाह समेत गर्ने संस्कार थियो । तर आधुनिकतासँगै यस्तो संस्कार हटेर गएकाले यसको झल्को दिनेगरि यो स्तम्भ निर्माण गर्न लागिएको हो ।

यसअघि किराँत याक्थुङ चुम्लुङ जापानको आर्थिक सहयोगमा पाथीभरा मन्दिरको प्रबेशद्वारा समेत केःलाङ ९च्याब्रुङ० स्तम्भ बनाइएको छ । बिशेष गरेर लिम्बु जातिको बिबाहमा नाँचिदै आएको च्याब्रुङ नाच पछिल्ला समयमा नयाँ पुस्तामा कमै मात्र पुस्तान्तरण भएको पाईन्छ । अचेल बिभिन्न मेला महोत्सव कार्यक्रममा च्याब्रुङ नाच नचाउने चलन छ ।

प्रकाशित मिति : 9:26 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ