ताप्लेजुङ गोल्डकप आजबाट सुरु हुँदै, संघर्ष स्पोर्टिङ र भारत सिलगुडीको भिडन्त



 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । भाद्र १० गतेसम्म जारी रहने प्रतियोगिताको उद्‌घाटन आज हुँदैछ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टिमले सहभागिता जनाउँदैछन् । सहभागी टिमहरू ४ ओटा प्रदेशका ७ र बाँकी एउटा भारतको क्लब रहेका छन् ।

आज हुने उद्‌घाटन खेलमा जिल्लाको प्रतिनिधित्व गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतले प्रतिष्पर्धा गर्दै छन् । उद्‌घाटन खेलमा संघर्षले अन्तर्राष्ट्रिय टिमसँग प्रतिष्पर्धा गर्नुपर्दा अत्यन्तै चुनौतीको सामना गर्नुपर्ने जिल्लावासीले अनुमान गरेका छन् । तर ताप्लेजुङतर्फका क्लबमा समेत अब्बल र अनुभवी खेलाडीहरू भएकाले प्रतिस्पर्धात्मक ढङ्गले मात्रै हारजित हुने सम्भावना रहेको संघर्ष स्पोर्टिङले बताएको छ ।

भारततर्फका टिममा समेत विगत लामो समयअगाडिदेखि खेलमै व्यस्त रहेका खेलाडीहरू भएकाले आजको खेलबाट बिजयी सुरुवात गर्दै सेमिफाइनल प्रवेश गर्ने योजनाका साथ मैदान उत्रने तयारीमा रहेको छ । आजको खेलमा विजेता बन्ने टिमले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँगको भेट पक्का गर्नेछ ।

यस्तै भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुनेछ । प्रतियोगिताको विजेता नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्वाटर फाइनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बावजुत दर्शकका सुविधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ । 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ०५:५२

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय