तोक्पेगोला महोत्सवमा जिल्ला अस्पताल ताप्लेजुङद्वारा स्वास्थ्य शिविर सञ्चालन




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५ तोक्पेगोलामा भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ मा जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही श्रावण २५ देखी २८ गतेसम्म भएको महोत्सवमा चारै दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण सेवा ७५ जना, पाठेघरको मुखको क्यान्सर परिक्षण ५ जना र लामो समयको परिवार नियोजन (ईम्प्लान्ट) राख्ने सेवा एक जना महिलाले लिएको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट खगेन्द्र निरौलाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेन्डेन्ट डा। ओम प्रकाश थापा मगर, हेल्थ असिस्टेन्ट निरौला, सि अनमी मनकुमारी कार्की, स्टाफ नर्स तनुजा मेहता र सहयोगी कर्मचारी इन्द्र बुढाथोकीले सेवा प्रवाह गर्नु भएको थियो ।

३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको तोम्पेगोलामा पुगेका पर्यटक एवं विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई मध्यनजर शिविर सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा। ओम प्रकाश थापा मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर सम्पन्न पछि सम्मान ग्रहण गर्दे जिल्ला अस्पतालको टोली

प्रकाशित मिति : 8:17 pm

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले