कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकारका घटनामा ४ सय १४ जना पीडित




विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक ९अप्रिल देखि जुनसम्म० को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ गतेदेखि ०८१ असार १६ गतेसम्मका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्कसहित साउन १५ गते अवस्था सार्वजनिक गरेको हो ।

तीन महिनामा कोशी प्रदेशमा कोशी प्रदेशमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका आधारमा प्रदेशको मानव अधिकारको अवस्था सार्वजनिक गरिएको छ ।

कोशी प्रदेशमा सो अवधिमा कारागारमा मृत्यु, हिन्दू–मुस्लिमबिचको झडप, सरकारी सवारीसाधनको तोडफोड, जातीय विभेदलगायतका घटनाले कोशी प्रदेशमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकको अधिकार सङ्कुचित भएको अवस्था देखिएको छ ।

जातीय विभेदका घटना यो अवधिमा भएका छन् । ०८१ जेठ २८ गतेदेखिको सक्रिय मनसुनका कारण कोशी प्रदेशमा २४ जना बढी नागरिकले ज्यान गुमाउनु परेको, सयौँ परिवार बाढीपहिरोका कारण विस्थापित भएको, राज्यले समयमा आवासको अधिकारलाई सम्बोधन गर्न नसक्दा नागरिकहरू आवासविहीन भएर बाँच्नु परेको अवस्थालाई उल्लेख गरिएको छ ।

कोशी प्रदेशमा पटकपटक सरकार परिर्वतनका कारण ऐन कानुनहरू निर्माण हुन नसकेको र स्वास्थ्यको अधिकार सम्बोधनका लागि इन्सेकले कोशी प्रदेश सरकारविरूद्ध सार्वजनिक मुद्दा सोही अवधिमा अदालतमा दायर गरेको वास्तविकतालाई मानव अधिकार अवस्था विश्लेषण कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक गरिएको छ ।

कोशी प्रदेशले अप्रिल देखि जुनसम्मको मानव अधिकार अवस्था सार्वजनिक गर्नु अघि प्रदेशका १४ ओटै जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूसँग समीक्षा गरेको छ ।

जिल्ला–जिल्लाको मानव अधिकार अवस्थाका विश्लेषण लागि गरिएको समीक्षा कार्यक्रममा महिला तथा बालबालिका अधिकारविरूद्धका घटनामा वृद्धि भएको पाइएको छ ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १८ जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा १७ जना नागरिकको ज्यान गएको छ । तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्यबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा कारागारमा एक जनाको शङ्कास्पद मृत्यु भएको छ । राज्यपक्षबाट गिरफ्तारीका घटनामा दुई र घाइतेका घटनामा दुई पीडित भएका छन् ।

अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ४ सय ९ जना गरी कूल ४ सय १४ जना नागरिक पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा तीन महिनामा कोशी प्रदेशको मानव अधिकार अवस्था सन्तोषजनक नरहेको पाइएको छ । अन्य पक्षबाट भएका अमानवीय व्यवहारका घटनामा तीन, कुटपितका घटनामा २८, घाइतेका घटनामा १२, जातीय विभेदको घटनामा एक, बाल अधिकारका घटनामा ६३, भौतिक संरचना क्षतिका सात, महिला अधिकारका २ सय ७८ जना गरी कूल ४ सय ९ पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा कोशी प्रदेशमा अन्य पक्षबाट तीन महिनाको अवधिमा बाल अधिकारका घटनामा ६३ जना बालबालिका पीडित भएका छन् । जसमा अपहरणको घटनामा एक, बलात्कारको घटनामा ४४ जना, यौन दुव्र्यवहारका घटनामा १६ जना, बेचविखनको घटनामा एक र यातनाको घटनामा एक जना पीडित भएका छन् ।

कोशी प्रदेशमा तीन महिनाको अवधिमा महिला अधिकारविरूद्धका घटनामा २ सय ७८ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा १९, बलात्कार प्रयासका घटनामा तीन, यौन दुव्र्यवहारका घटनामा ३, वहुविवाहका घटनामा १२ र घरेलु हिंसाका घटनामा २ सय ४१ जना महिला पीडित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०८:३२

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्